फेवातालमा शनिबार दिउँसो हावाहुरीले डुंगा पल्टिएर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
पोखरा– फेवतालमा डुंगा पल्टिएर एक महिलाको मृत्यु भएको छ। दिउँसो करिब ४ बजेतिर आएको हावाहुरीले डुंगा पल्टिँदा पोखरा– १ बगरकी ७० वर्षीया वृद्धा यममाया गिरीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार समयमा हावाहुरी तथा वर्षाका कारण फेवातालस्थित तालबाराही मन्दिर पछाडि डुंगा पल्टिएको हो।
डुंगा पल्टिएर तालमा डुबेका पाँच जनाको प्रहरीले सकुशल उद्धार गरेको थियो। सोही डुंगामा सवार यममाया गिरीलाई बेहोस अवस्थामा प्रहरीले उद्धार गरेको थियो।
बेहोस अवस्थामा तालबाट निकाली उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। चिकित्सकले गिरीलाई मृत घोषणा डीएसपी विकले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
