चेल्सीद्वारा लिड्स पराजित

चेल्सीको जितमा वेस्ले फोफानाले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

काठमाडौँ– इंग्लिस क्लब चेल्सीले लगातार छ खेलको पराजय यात्रामा पूर्णविराम लगाएको छ।

प्रिमियर लिगको खेलमा शनिबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा लिड्स युनाइटेडविरुद्ध १–० ले विजयी भएको हो। चेल्सीको जितमा वेस्ले फोफानाले ५३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

उनले बेन चिलवेलको पासमा गोल गरेका थिए। जनवरी १५ मा क्रिस्टल प्यालेसलाई १–० ले हराएयता चेल्सी विजयी हुन सकेको थिएन। जितसँगै चेल्सी २५ खेलबाट ३४ अंकसहित तालिकाको १०औँ स्थानमा छ।

लिड्स समान खेलबाट २२ अंक जोडेर १७औँ स्थानमा छ। आर्सनल ६३ अंकसहित तालिकाको शीर्षस्थानमा छ।