नेपालले पहिलो खेल मार्च ८ मा आयोजक प्यालेस्टाइनविरुद्ध खेल्नेछ।
काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीको बिदाइ गरेको हो। टोली आइतबार राति त्यसतर्फ प्रस्थान गर्ने छ। नेपाल रहेको समूह ‘बी मा आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्ड छन्। छनोटका खेल मार्च ८ देखि १२ सम्म हुनेछन्।
नेपालले पहिलो खेल मार्च ८ मा आयोजक प्यालेस्टाइनविरुद्ध खेल्नेछ। दोस्रो खेल भने मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ। समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्। दोस्रो चरणका खेल जुन ३ देखि ११ सम्म हुनेछन्।
दोस्रो चरणबाट ४ टोली फाइनल चरणमा छनोट हुनेछ। जसबाट उत्कृष्ट चार टोली सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कपका लागि छनोट हुनेछन्। एसियन कपमा आयोजक उज्वेकिस्तानसहित जापान, उत्तर कोरिया र दक्षिण कोरिया गरी चार टिम सिधै छनोट भइसकेका छन्।
उनीहरू २०१९ मा भएको पछिल्लो संस्करणको विजेता, उपविजेता र तेस्रो भएका टोली हुन्।
नेपाली टोली–
गोलरक्षक: कविता विक, सावित्री किसन, लीला जोशी
डिफेन्डर: सबिना चौधरी, हिमा रावत, सरू हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही
फरवार्ड: गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
