माओवादीहरू विभिन्न धारमा विभाजित हुँदा पनि बलियो रहेको थाहा पाएर षडयन्त्र भइरहेको प्रधानमन्त्री दाहालको दाबी छ।
काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीविरुद्ध घेरादन्दी भइरहेको बताएका छन्।
सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादीहरू विभिन्न धारमा विभाजित हुँदा पनि बलियो रहेको थाहा पाएर नै षडयन्त्र भइरहेको दाबी गरे।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत नेता सहभागी थिए। “यहाँ हामी माओवादी आन्दोलनका सबै धारका प्रतिनिधि उपस्थित भएका छौँ। यो सामान्य कुरा होइन। यसले शक्तिशाली सन्देश दिन्छ,” उनले भने, “यसको महत्त्व दुरगामी र अर्थपूर्ण छ।”
माओवादीहरू एकठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि एकचोटि विजयको नयाँ यात्रा शुरू गर्ने प्रधानमन्त्री दाहालले बताए। “माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले विभिन्न धारामा भएपनि तिनीहरू एक ठाउँमा हुँदा त्यो जबर्जस्त प्रभाव छ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले षडयन्त्र गर्ने, घेरा हाल्ने गरिराखेका छन्,” उनले भने, “अहिले हामी एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता बोध गरिएको छ।”
वर्तमान संविधानमाथि हमला भइरहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
