नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धकै कारण मुलुकमा राजतन्त्र अन्त्य नभएको दाबी गरेका छन्।
काठमाडौँ- नेकपा (एमाले) एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र र जनताको हितविपरीत चल्न खोजे सह्य नहुने चेतावनी दिएका छन्।
अध्यक्ष ओलीले राष्ट्र र जनताको हित विपरीत चल्न खोज्ने सरकारका कुनै पनि गतिविधिलाई आफूहरूले सफल हुन नदिने बताए।
सुखानीका शहीदहरूको स्मृतिमा आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले राष्ट्रियताको कुरा गर्दा कसैले चित्त नदुखाए हुने समेत बताए।
राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि अतिक्रमण गरिए वा होच्याउने काम गरिए आफूलाई स्वीकार्य नहुने उनको भनाई थियो।
सत्ता समर्थक दलहरूले सत्तास्वार्थको राजनीति गरिरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफूहरू भने राष्ट्र र जनताको हितका लागि काम गरिरहने बताए।
हाम्रा पुर्खाले तोपसँग खुकुरीले लडेर, तोपसँग चक्कुले लडेर कायम गरेको भूगोल, स्वाभिमान बहुतै महँगो मूल्यमा हामीले प्राप्त गरेको उल्लेख गर्दै ओलीले त्यसलाई दायाँबायाँ हुन दिन नसकिने बताए।
न्याय र समानताको आधारमा सबै राष्ट्रहरूसँग बराबरीको सम्बन्ध आफूहरूले राख्न चाहेको दोहोर्याउँदै उनले भने, “हामी हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानलाई अत्यन्तै माया गर्छौं, यसमा कसैले पनि अतिक्रमण गर्नु या यसलाई होच्याउनु उचित हुँदैन। हामी त्यस्तो भयो भने सहँदैनौँ। स्विकार्दैनौँ।”
ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी समेत गरे। २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरूकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उनको तर्क थियो।
“२०५२ सालपछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए। नेपालमा भएको के थियो, के प्राप्तिको लागि मारिए? बहुदलीय व्यवस्था आएकै थियो। के को लागि मारिए त भन्दा गणतन्त्रका लागि भनिन्छ”, उनले भने, “२०६३ सालको शुरूमा द्वन्द्व र हिंसा समाप्त भयो। ६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला। जनयुद्धबाट कब्जा त गरेको होइन होला त? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र।”
अध्यक्ष ओलीले आफूले वास्तविक शहीदहरूको मात्रै सम्मान गर्ने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
