'ए' डिभिजन लिगअन्तर्गत आइतबार साँझ भएको खेलमा साबिक विजेता मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको छ।
काठमाडौँ– साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक 'ए' डिभिजन लिगको पहिलो खेलमै पराजित भएको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो।
जावलाखेलका लागि हिसुबु थपलिया, एनकोटो मास्वभी र सीमन्त थापाले १/१ गोल गरे। मछिन्द्रका देवेन्द्र तामाङको गोल सान्त्वना रह्यो।
खेलको २३औँ मिनेटमा मछिन्द्रका देवेन्द्रले फ्रिकिकमार्फत गोल गरे। पहिलो हाफमा जावलाखेलले केही अवसर सिर्जना गरे पनि गोल हुन नसक्दा मछिन्द्रले शुरूआती अग्रता जोगाएको थियो। तर, दोस्रो हाफमा जावलाखेलले खेलमा जबरजस्त कमब्याक गर्यो।
हिसुबुले खेलको ५९औँ मिनेटमा बराबरी गोल फर्काए। सीमन्त थापाले दिएको पासलाई उनले अगाडि बढाउँदै गोल गरे।
६३औँ मिनेटमा आएको ब्याक पासलाई विशाल श्रेष्ठले क्लियर गर्न सकेनन्। उनले वान टचमै मिडफिल्डतिर बल पास दिने कोसिस गरे पनि एनकोटो मास्वभीलाई लाग्न पुग्यो। उनले बललाई कन्ट्रोलमा लिँदै डिबक्स बाहिरबाट सिधै टप बारतर्फबाट गोल गरे।
७६औँ मिनेटमा सीमन्तले गोल गरे। हिसुबले करिब २५ यार्डबाट प्रहार गरेको बललाई विशालले गोललाइनबाट केही अगाडि बढेर पञ्च गर्ने कोशिश गरेका थिए। तर, हुलमुलमा रहेका सीमन्तले हेडर गर्दै बललाई जाली चुमाए।
८९औँ मिनेटमा करिब ३५ यार्डबाट रञ्जित धिमालले फ्रिकिकमार्फत सिधै गोल पोस्टमा बल प्रहार गरेका थिए। तर, जावलाखेलका गोलरक्षक अनिस दुवालले बचाउ गरे।
जितसँगै जावलाखेलले ३ अंक जोडेको छ। मछिन्द्रले हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।
जावलाखेलले दोस्रो खेल फागुन २५ गते न्यूरोड टिम (एनआरटी)सँग खेल्ने छ। आइतबार च्यासल मैदानमा भएको खेलमा एनआरटी सातदोबाटो युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो। आर्मीले आइतबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
