वैज्ञानिकहरूले रुसको साइबेरियामा ३५ सय वर्ष पुरानो भालु भेटाएका छन्। हिउँयुक्त जमिनमा गडेको अवस्थामा भेटिएको भालुबारे अध्ययन हुँदैछ।
वैज्ञानिकहरूले रुसको साइबेरियामा ३५ सय वर्ष पुरानो भालु हिउँयुक्त जमिनमा गडेको अवस्थामा भेटाएका छन्।
हिउँसहितको माटोमा धसिएको अवस्थामा सन् २०२० मा हरिण गोठालाहरूले उक्त भालु देखेका थिए। त्यसलाई अहिले सुरक्षित निकालिएको हो।
रुसमो बोल्सोए इथेरिकन नदीको ठिक पूर्वतर्फ भेटिएकाले यसलाई इथेरिकन खैरो भालु नामकरण गरिएको छ।
वैज्ञानिक म्याक्सिम चेप्रासोभ भन्छन्, “यस प्रकारको खैरो भालुको खोज विश्वमै पहिलो हो। यसको वास्तविक उमेर तीन हजार ४६० वर्ष हो। हामीलाई अध्ययनका लागि दिइएको भालुका तन्तुहरूले यसका अंग र मस्तिष्कबारे अध्ययन गर्ने अवसर मिलेको छ। यो भालु कति वर्षको हुँदा मरेको थियो भन्ने कुरा पनि पत्ता लगाउने प्रयासमा छौँ। यो भालु के कारणले मरेको थियो र आधुनिक भालुको तुलनामा के फरक छ लगायत थुप्रै अध्ययन गरिनेछ।”
अध्ययनका लागि ल्याबमा भालुको चिरफार सकिएको छ। भालुको माइक्रोबायोलोजिकल, भाइरोलोजिक र अनुवांशिक अध्ययन गरी यस भालुबारेका नयाँ तथ्य पत्ता लगाउने काम शुरू भइसकेको छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
