काठमाडौँ उपत्यकामा होलीलक्षित ट्राफिक चेकिङमा कडाइ

प्रहरीले होलीलाई व्यवस्थित बनाउन तथा अराजक गतिविधि हुन नदिन ट्राफिक चेकिङमा कडाइ गरेको हो।

काठमाडौँ- होली दिन सोमबार काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि होली मनाउन शुरू भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो। 

होली पर्वको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरू हुने भएकाले प्रहरीले चेकिङमा कडाइ गरेको हो।

उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले कडाइका साथ चेकिङ गरिरहेको छ। 

प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ। साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ ।