आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको लक्ष्य दिएको छ।
काठमाडौँ– भीम सार्कीको अर्धशतकीय इनिङ्ससँगै नेपालले आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईलाई २३० रनको लक्ष्य दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सोमबार टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।
नेपालका मध्यक्रमका भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ९९ बलमा ७ चौका प्रहार गरे। आरिफ शेखले ५६ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४३ रन बनाए।
कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, ओपनर ज्ञानेन्द्र मल्लले ११ र प्रतीश जिसीले अविजित ११ रन बनाए।
यूएईका जुनेद सिद्दिकीले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चिए ३ विकेट लिए।
रोहल मुस्तफा र आर्यान लर्काले २/२ विकेट लिए। कार्तिक मयप्पनको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
