राप्रपाले राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गर्ने भएको छ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट गर्ने भएको छ।
सोमबार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन यस्तो जवाफ दिएको हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसबारेमा निर्णय गर्ने स्पष्ट पारे।
उनले राष्ट्रपतिको निर्वाचनलाई सतर्कतापूर्वक हेरिरहेको बताए। “हाम्रो पार्टीको गणित, दुई पक्षीय उम्मेदवारी र जनधारणा, हाम्रो शुभेच्छुकहरूको धारणालाई सतर्कताका साथ हेरिरहेका छौँ,” उनले भने, “हामी यसैलाई मत दिन्छौँ भनिहाल्ने अवस्थामा पुगेका छैनौँ।”
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ। निर्वाचन नजिकिएसँगै आफूलाई समर्थन गर्न आग्रह गर्दै राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र सुवासचन्द्र नेम्वाङले नेताहरूसँग भेटवार्ता गरिरहेका छन्।
'अराजक गतिविधिको पक्षमा छैनौँ'
अध्यक्ष लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिबारे पार्टी गम्भीर बनेको बताए। कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफ्नो पार्टी नरहेको उनले स्पष्ट पारे।
उनले राज्य जिम्मेवारीबाट विमुख हुँदा, प्रमुख दल र सरकारमा बसेका मानिसहरू सत्ताकेन्द्रित बन्दा देशले अराजक स्थिति बेहोर्नुपरेको उल्लेख गरे। “जब देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनताको सुख सुविधाभन्दा सत्ताकेन्द्रित बन्न थाल्छन्, देशले यस्ता अराजकता बेहोर्नुपर्ने नै हुन्छ,” उनले भने, “अहिलेको अस्थिरताको जग र जडका रूपमा रहेका राजनीतिक दलहरू बढी जिम्मेवार हुनुपर्छ।”
केही दिनयता व्यवसायी दुर्गा प्रसाईंले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै अभियान चलाइरहेका छन्। सोही अभियानप्रति इंगित गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, “अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी छैन र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै समर्थन गर्दैन।”
लिङ्देनले भने– राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेका छौँ#rajendralingden pic.twitter.com/qW9Wmir6Ka
— Ukaalo (@ukaalonews) March 6, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
