सभामुख घिमिरेले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको धारणा राखेका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरेले महिलालाई मुख्य पदमा जान व्यवहारिक कठिनाइ रहेको बताएका छन्।
महिला दिवसको पूर्वसन्ध्यामा मंगलबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले कानूनी व्यवस्थाका कारण महिला सहभागिता बढ्न नसकेको बताएका हुन्।
“अझै मुख्य पदहरूमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन कठिनाइ छ,” उनले भने, “महिलाको नेतृत्वमा महिला समानताका लागि न्यूनतम मताधिकार प्राप्त भएको छ। मताधिकारबाट अघि बढ्ने कुरामा भने महिलाले राजनीतिक उपलब्धि हासिल गर्नुभएको छ।” ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण ठूलो संख्यामा महिला प्रतिनिधिहरू नियम कानून बनाउने तहसम्म पुगेको उनको भनाइ थियो।
सभामुख घिमिरेले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोत र वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको धारणा राखे। “प्राकृतिक श्रोतलाई संरक्षण र संवर्द्धन गर्दै आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्नेतर्फ हाम्रो ध्यान जान आवश्यक छ,” उनले भने, “वनको संरक्षणसँग बाझिएका ऐन र ऐन बनाउनुपर्ने कारण, ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्न जरुरी छ।”
सभामुख घिमिरेले वातावरणमा भइरहेको प्रतिकुल परिवर्तनलाई न्यूनीकरण गर्नेबारे सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि पर्याप्त हुन नसकेको बताइन्।
आर्थिक रूपमा अझै पनि महिलालाई सशक्त बनाउन नसकिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
