प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। 

छापावाल सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ रहेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी एक हजार २६५ मा कारोबार भइरहेको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक मूल्य तोक्दै आएको छ।