यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक ओडीआई सिरिजका लागि टोली घोषणा गरेको छ।
काठमाडौँ- यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक ओडीआई सिरिजका लागि टोली घोषणा गरेको छ।
इमिरेट्स क्रिकेट बोर्डले मंगलबार मोहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
उनले कप्तानीमा सिपी रिजवानलाई परिवर्तन गरेका हुन्। रिजवानको कप्तानीमा यूएईले घरेलु मैदानमा लिग-२ का चारमध्ये तीन ओडीआई खेल खेलेको थियो। उनको कप्तानीमा यूएईले पपुवा न्यू गिनीसँग दुई र नेपालसँग एक खेल खेलेको थियो।
पहिलो खेलमा यूएई पपुवा न्यू गिनीसँग १३१ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा भने यूएईले नेपालविरुद्ध ६८ रनले विजयी भएको थियो।
त्यस्तै, पपुवा न्यू गिनीविरुद्धको अन्तिम खेलमा यूएई पाँच विकेटले पराजित भएको थियो। लिग-२ को शीर्ष तीनमा रहेर यही वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने मौका गुम्ने खतरा बढेपछि नेपालविरुद्धको अन्तिम खेलमा वासिमलाई कप्तानी जिम्मेवारी दिइएको थियो। तर, उक्त खेलमा नेपालसँग ४२ रनले पराजित हुँदै यूएईले सिधै विश्वकप खेल्ने मौका गुमाएको थियो।
यूएईले काठमाडौँ आउने टोलीमा तीन परिवर्तन गरेको छ। घरेलु मैदानमा खेलेका राहुल भाटिया, आलिसन शाराफु र सबीर अलीको स्थानमा आर्यश शर्मा, अश्वन्त भल्थापा र जावार फरिद टोलीमा समावेश भएका छन्।
नेपालले बिहीबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएई र पपुवा न्यू गिनी सम्मिलित लिग-२ को अन्तिम त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने छ।
३२ खेलबाट १४ जितसहित ३१ अंक जोडेको यूएई हाल छैटौँ स्थानमा छ। यता, पपुवा न्यू गिनी समान खेलबाट ४ जितसहित ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।
पपुवा न्यू गिनीले यूएईमै खेलेको असद भालाको कप्तानी टोली लिएर नेपाल आउने छ। पाँचौँ स्थानमा रहेको नेपालले समान खेलबाट १५ जितसहित ३२ अंक जोडेको छ। नेपालले शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकप खेल्न बाँकी रहेका चार खेलमा शतप्रतिशत जित हासिल गर्नुपर्ने छ। नेपालले हालसम्म अन्तिम सिरिजका लागि टोली घोषणा गरेको छैन।
यूएईको टोली
मोहम्मद वासिम (कप्तान), आयान खान, आर्यन लाक्रा, अश्वन्त भल्थापा, आसिफ खान, आर्यश शर्मा, सिपी रिजवान, हर्ज्रत बिलाल, जुनैद सिद्दिकी, कार्तिक मेयाप्पन, रोहन मुस्ताफा, वृत्य अरविन्द, जहुर खान, जावार फरिद
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
