अर्थविद् प्राडा. अच्युत वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत आसपास पुग्नु आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण हुने बताएका छन्।
काठमाडौँ– अर्थविद् तथा काठमाडौँ विश्व विद्यालयका प्रोफेसर प्राडा. अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्यांकमा आधारित नभएको बताएका छन्।
मंगलबार काठमाडौँ विश्व विद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै वाग्लेले भने, “नेपालमा जति पनि वाणिज्य दिगोपनका लागि नीतिहरू बनिरहेका छन्। त्यस्ता नीतिहरू तथ्य तथ्यांकमा आधारित छैनन्।”
उनले नेपालमा उत्पादित वस्तुको विदेश निर्यात बढाउन वाणिज्य नीति तथ्य तथ्यांकमा आधारित भएर बनाउन आवश्यक रहेको बताए। उनले तथ्य तथ्यांकले विदेश वस्तु निर्यातको सम्भावना कति छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुने उल्लेख गरे।
उनले सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरू किन प्रभावकारी नभएको भन्नेबारेमा कार्यपत्र प्रस्तुत गरिने बताए। “अहिलेसम्म सरकारले बनाएका नीतिहरू के भएर फेल भए भन्नेबारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रस्तुत हुन्छ। नेपालको हकमा व्यापारको धेरै चासोको विषय छ” उनले भने।
उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको भन्दै आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताए। “सबै अनियमितता, न्यून बीजकीकरण हेर्दा कुल गार्हस्थ्य उत्पादनको प्रतिशत जतिकै व्यापार घाटा हुने देखिन्छ। कुनै पनि रूपमा दिगो छैन। यो आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण छ” उनले भने।
सम्मेलन मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्नेछ। सम्मेलनमा भारत र पोल्यान्डका प्रोफेसरहरूको सहभागिता रहेको छ भने भारतबाट पूर्ववाणिज्य सचिव अनुप बाधवानको समेत सहभागिता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
