प्रधानमन्त्री दाहालले मुस्ताङमा विश्वविद्यालय नभई कलेज खोल्ने विषयमा धेरै पहिलादेखि चर्चा भइरहे पनि सरकारले स्वीकृति दिई नसकेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताएका छन्। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुस्ताङको विषयमा चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको स्पष्ट पारे।
“मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो। त्यहाँ स्थानीय तहबाट युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चाचाहिँ धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन,” उनले भने। एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप/प्रत्यारोप गर्ने पक्षमा नरहेको बताए।
प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशी बढी जानकार रहेको आफूले सुनेको उल्लेख गरे। उनले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताए।
मुस्ताङमा धेरै मान्छेको ध्यान रहेको उल्लेख गर्दै उनले भने, “मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको पनि छ। मुस्ताङमा अमूल्य खनिज पदार्थहरू छन्, र त्यो खनिज पदार्थको उत्खनन गरे त्यसको प्रेसेस ठीक ढंगले गर्न सक्यौँ भने सयौँ वर्षका लागि नेपालीहरूको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन्।”
उनले मुस्ताङ मात्रै नभएर मुलुकको विभिन्न भागमा विभिन्न किसिमका प्राकृतिक स्रोतहरू रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
