जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएनरोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।
काठमाडौँ- हेटौँडाको तरकारी तथा फलफूल थोक बजारमा आगलागी भएको छ।
आगलागीबाट हेटौँडा उपमहानरपालिका-१० मा रहेको तरकारी तथा फलफूल थोक बजारका आधा दर्जन पसलमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टिसिएनरोडस्थित एक होटलमा विद्युत् सर्ट भएर आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार एउटा होटल र तीनवटा तरकारी पसल जलेर पूर्णरूपमा नष्ट भएका छन्। अन्य तीनवटा पसलमा पनि क्षति पुगेको छ।
उनका अनुसार आज दिउँसो पौने एक बजेबाट शुरू भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको थियो। हेटौँटा उपमहानरपालिका दुईवटा वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। क्षति विवरण आउन बाँकी रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
