घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ। 

मंगलबार एक लाख दुई हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख एक हजार ५०० मा झरेको हो। 

तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यस्तै चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको छ। चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा आधारमा नेपालमा सुनचाँदीको मूल्य तोक्दै आएको छ।