एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई समवेदना दिन पुगे एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन शंखमुलस्थित किरियापुत्री भवन पुगेका हुन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बुधबार एमाले अध्यक्ष ओली नेपाललाई समवेदना दिन पुगेका थिए। त्यसै क्रममा दुई अध्यक्षबीच भेटघाट भएको नेपालको सचिवालयले जनाएको छ। 

अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनपछि उनी शंखमुलस्थित किरियापुत्री भवनमा बसिरहेका छन्। त्यहीँ पुगेर ओलीले अध्यक्ष नेपालसहित परिवारजनलाई समवेदना दिएका हुन्।

चार दिन अघि अध्यक्ष नेपालका भाइ उपाध्यायको शंखमुलस्थित एक क्याफेको छतबाट खसेर निधन भएको थियो।