राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
काठमाडौँ– मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज मतदान हुँदैछ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ। मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
“बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। आयोगले सबै तयारी पूरा गरिसकेको छ,” उनले भनिन्, “मतदान सकिए लगत्तै मतगणना शुरू गरेर बेलुका ७ बजेभित्र परिणाम सार्वजनिक गर्छैँ।” राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
आयोगद्वारा प्रकाशित मतदाता सूचीअनुसार राष्ट्रपति निर्वाचनमा ८८२ मतदाता छन्। संघीय संसद्तर्फ ३३२ जना र प्रदेशसभातर्फ ५५० जना रहेका छन्। कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको तथा चितवन–२ मा सांसद पद रिक्त रहेकाले ८८२ जनाको सूची प्रकाशन गरिएको आयोगले जनाएको छ।
त्यस्तै, कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका सिलसिलामा मुम्बईमा रहेको र जसपाका एक सांसदको निधन भएकाले ८८० जना मतदाताले मात्रै भाग लिने देखिएको छ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
