ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। यो क्षेत्र नाउर र झारलको सिकारका लागि खुला गरिएको छ।
गलकोट– ढोरपाटन सिकार आरक्ष घुम्ने पर्यटक बढेका छन्। साउनयता नौ हजार पर्यटकले ढोरपाटनको भ्रमण गरेको आरक्षका सूचना अधिकारी मन्दीप पंगेनीले बताए।
नेपालको एकमात्र सिकार आरक्ष अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको उनको भनाइ छ। पहिले सिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन्।
विदेशी सिकारी सिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरेका छन्। नाउर र झारलको सिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ। सूचना अधिकारी पंगेनीका अनुसार दुई वर्षदेखि आन्तरिक र बाह्य दुवै पर्यटकको तथ्यांक राख्न थालिएको छ। पहिले विदेशीको मात्र तथ्यांक राखिन्थ्यो।
विदेशी पर्यटकलाई प्रवेश शुल्क नियमअनुसार छ भने नेपालीलाई प्रतिव्यक्ति सय रुपैयाँ छ। २०७७/७८ मा छ हजार ७०३ र २०७८/७९ मा नौ हजार ९१९ पर्यटकले आरक्ष क्षेत्रको भ्रमण गरिसकेका छन्। ढोरपाटन आउने पर्यटकसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ।
आरक्षको तथ्यांक अनुसार गत वर्ष २० लाख २२ हजार राजस्व संकलन भएकामा यसवर्ष २२ लाख १९ हजार रुपैयाँ संकलन भइसकेको छ। यहाँ नाउर र झारलको सिकार खुला गरिएको छ।
बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा छ। यहाँ होटल तथा घरबास सञ्चालनमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
