काठमाडौँ कट्ने बित्तिकै पाइलटले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ फर्काउनुपर्ने र त्यसका लागि करिब १२ मिनेट लाग्ने बताए। त्यसपछि त जहाजमा कोही रुन थाले, कोही 'केही हुँदैन' भनेर ढाडस दिन थाले।
काठमाडौँ- इन्जिनमा 'फायर इन्डिकेसन' देखिएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गरिएको श्री एयरलाइन्सको विमानमा चालक दलका सदस्यसहित ७३ जना थिए। उक्त विमान काठमाडौँबाट बिहान ९ बजेर ३८ मिनेटमा भैरहवाका लागि उडेको थियो। तर धादिङ नजिकै पुग्दा दायाँ इन्जिनमा फायर इन्डिकेसन देखिएपछि पुनः फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको हो।
गत साउन १९ गते पनि नेपालगन्जबाट काठमाडौँतर्फ उडेको श्री एयरलाइन्सको विमानको देब्रे इन्जिनमा समस्या आएपछि नेपालगञ्ज नै फर्काएर आकस्मिक अवतरण गरिएको थियो। उक्त विमानमा चालक दलसहित ७९ यात्रु सवार थिए।
बिहीबार आकस्मिक अवतरण गरिएको विमानका यात्रु भीम बस्नेतसँग उकालोका लागि मुकेश पोखरेलले गरेको कुराकानी बस्नेतकै शब्दमा:
काठमाडौँबाट भैरहवाका लागि बिहान ७.३० बजेको उडान थियो। म ७ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल पुगिसकेको थिएँ। तर, समयमा उडान भएन।
करिब ९ बजे बोर्डिङका लागि अनाउन्स गरियो। त्यसपछि जहाजमा लगियो। हामी जाँदा जहाजको दुवै इन्जिनबाट फ्यूल झरिरहेको थियो। त्यो देखेपछि शंका लाग्यो। 'जहाज बिग्रेको हो?' भनेर प्रश्न गर्यौँ।
'होइन, यो सामान्य हो। मर्मतका क्रममा झरेको हो,' भनियो। त्यसपछि ढुक्क भएर जहाजभित्र बस्यौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्दा साढे ९ भन्दा बढी भएको थियो।
जहाज उडेको ५ मिनेटपछि नै साथीहरुले दाहिनेतर्फको पंखा कम घुमेको नोटिस गरेका रहेछन्। काठमाडौँ कट्ने बित्तिकै पाइलटले जहाजमा प्राविधिक समस्या आएकाले काठमाडौँ विमानस्थलमा अवतरण गर्ने घोषणा गरे र त्यसका लागि करिब १२ मिनेट लाग्ने बताए। त्यसपछि त जहाजमा कोही रुन थाले, कोही 'केही हुँदैन' भनेर ढाडस दिन थाले।
एयर होस्टेजले एउटा इन्जिनले पनि सुरक्षित अवतरण हुने भन्दै नआत्तिन भनिरहे। तर जत्ति गरे पनि मन ढुक्क कहाँ हुँदोरहेछ! १२ मिनेटको समय एकदमै डरमा बित्यो। अब हामी मृत्युको मुखमा छौँ भन्ने लाग्यो। कुन खोंचमा खसिन्छ भन्ने सोचेँ। अनि मृत्यु नजिक आइरहेको छ, अब त्यो मृत्युको अनुभव कस्तो हुन्छ भन्ने लागिरह्यो।
जब जहाज फर्काएर काठमाडौँ उपत्यका प्रवेश गर्यो, त्यसपछि अब बाँचिन्छ भन्ने लाग्यो। एउटा इन्जिनले काम नगरेपछि जहाज घुमाउनका लागि स्पेस लिनुपर्ने भएकाले समय लाग्दो रहेछ।
त्यो जहाजमा पहिले नै समस्या रहेछ। बनाउँदा समय लागेपछि ७.३० मा उड्ने भनेको जहाज दुई घन्टा ढिला गरी उडाइएको रहेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
