यसअघि दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र त्यसमा पनि विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण काम गरेको ओलीको दाबी छ।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि कांग्रेस र एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्।
राष्ट्रपतिमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग ओलीले राजनीतिमा जे पनि सम्भव रहेको धारणा राखेका हुन्। “राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो,” उनले भने, “एक ठाउँमा नआउने भनेर कसम आएको छैन।”
यसअघि दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको त्यसमा पनि विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण काम गरेको ओलीको दाबी थियो।
“अब निर्वाचित हुने राष्ट्रपतिले पनि संविधानको रक्षक र पालकका हिसाबले देशको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ,” ओलीले भने, “सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिनुपर्छ। यसअघि दुवै राष्ट्रपतिले राम्रो काम गर्नुभएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
