नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।
काठमाडौँ- नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएका छन्।
बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएका छन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्।
संघीय संसद्मा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदान भएको थियो।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो।
त्यस्तै, उनका प्रतिस्पर्धी एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार पाएका छन्। उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
