बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।
पछिल्लो एक हप्तादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९.२७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.५७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२१ अंकले बढेको छ।
बिहीबार वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको हो। बैंकर्स संघले बैंकहरूले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्।
बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त, जलविद्युत्, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
यता, होटल तथा पर्यटन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा, अन्य विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेसँगै शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशत, शिव श्री हाइड्रोपावरको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। शिवम् सिमेन्ट कम्पनीको ७ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
