एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर डिल क्लोज गरेसँगै कम्पनीका सीइओसहित ४ जना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गरेका हुन्।
विश्वकै धनाढ्य एलोन मस्कले सामाजिक सञ्जाल ट्विटरको स्वामित्व ग्रहण गरेसँगै ट्विटरका शीर्ष अधिकारीमाथि कारबाही गरेका छन्।
उनले ४४ अर्ब डलरमा ट्विटर डिल क्लोज गरेसँगै कम्पनीका सीइओसहित ४ जना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गरेका हुन्।
बर्खास्त गरिएका ट्विटरका अधिकारीहरूमा प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन्।
मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्याद पाएका छन्। त्यसअघि उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए। कार्यकारीहरूलाई बर्खास्त गर्दा उनले अधिग्रहण बन्द गरेका थिए कि थिएनन् भन्ने स्पष्ट पारिएको छैन। यद्यपि उनले ट्विटरको बायोमा ट्विटर प्रमुख भनेर उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
