भाले मुसाबाट बच्चा जन्माउने परीक्षणमा सफलता, वैज्ञानिक भन्छन्– समलिंगी पुरुषले पनि बच्चा जन्माउनेछन्
भाले मुसाबाट अन्ड तयार गरी गर्भाधान गराउँदा ७ वटा स्वस्थ मुसा जन्मिएको र सबैले सामान्य जीवन बिताएको अनुसन्धानकर्ताले बताएका छन्।
पोथी मुसा बिना भाले मुसाबाटै बच्चा जन्माउने परीक्षणमा वैज्ञानिकहरूलाई सफलता मिलेको छ। सुन्दा अनौठो लाग्ने यस ऐतिहासिक सफलताले प्रजननको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलिदिएको द गार्डियनले लेखेको छ।
जापानको ओसाका विश्वविद्यालयका अनुसन्धानकर्तालाई यस्तो सफलता मिलेको हो। भाले मुसाबाट नै अन्ड तयार गरी गर्भाधान गराउँदा ७ वटा स्वस्थ मुसा जन्मिएको र सबैले सामान्य जीवन बिताएको अनुसन्धानकर्ताको दाबी छ।
वैज्ञानिकका अनुसार भाले मुसाको छालामा भएका कोशिकाबाट अन्ड उत्पन्न गरी गर्भाधान गराइएको थियो। भाले मुसाको छालाका कोशिकाबाट लिइएका एक जोडी ‘एक्सवाई’ क्रोमोजोमलाई पोथीको ‘एक्सएक्स’ क्रोमोजोममा परिवर्तन गरिएको अनुसन्धानकर्ताको दाबी छ।
मुसाको छालाका कोशिकालाई स्टेम सेल्समा परिवर्तन गरिएको र ‘एक्सवाई’ क्रोमोजोमबाट ‘वाई’ हटाएर र पोथीमा हुने ‘एक्स’ तयार गरी त्यसलाई प्रतिलिपि बनाएर वास्तविक ‘एक्स’ क्रोमोजोमको जोडा तयार गरिएको हो। यसले स्टिम सेललाई अन्डका रूपमा विकसित हुन मद्दत गरेको र त्यसपछि सोही अन्डलाई अर्को मुसाको वीर्यसँग मिलाएर गर्भाधान गराइएको स्काई न्युजले उल्लेख गरेको छ।
यो अनुसन्धान प्रोफेसर कात्सुहिको हायासिको नेतृत्वमा भएको थियो। लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटमा बुधबार भएको ‘मानव जीन इडिटिङ’ सम्मेलनमा प्रोफेसर हायासीले यो विधीबाट पहिलो पटक कुनै पनि स्तनधारीका लागि अन्ड तयार गरिएको र यो मानवमा सफलतापूर्वक परीक्षण हुने तर धेरै वर्ष लाग्ने बताए।
अर्का प्रोफेसर मितिनोरी साइतोउले मानव कोश तयार गर्न जटिल हुने र परिपक्व अन्ड उत्पन्न गर्न लामो समय लाग्दा असामान्य कोशहरू जम्मा हुने जोखिमप्रति सचेत हुनुपर्ने बताए। तर यसप्रति आशावादी हुँदै उनले १० वर्षभित्र यस्तो समस्या समाधान गर्न र मानव कोशमा परीक्षणका लागि अध्ययनको प्रयास गर्ने बताए।
वैज्ञानिकहरूले यही अपनाएर कुनै दिन मानव पुरुषहरूले पनि उनीहरुका आफ्नै कोशिकाहरुबाट पोथी अन्ड उत्पादन गरी बच्चा जन्माउन सक्ने विश्वास गरेका छन्। साथै, यस विधिबाट टर्नर सिन्ड्रमको पनि उपचार गर्न सकिने बताइएको छ।
यो एक यस्तो अनुवंशिक समस्या हो जसले महिलालाई मात्र असर पर्छ। यो समस्या हुँदा महिलामा एक्स क्रोमोजोममध्ये एक हराउने वा आशिंक रुपमा हराउने हुन्छ। हालैको अध्ययन नतिजालाई नेचर जर्नलमा प्रकाशनका लागि दिइएको स्काई न्युजले लेखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
