प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। 

लगातार तीन दिन घटेको सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार एक लाख एक हजार रुपैयाँ थियो। यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ। चाँदी भने यथावत् छ। 

चाँदी प्रतितोला एक हजार २२० रुपैयाँका कारोबार भइरहेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ।