नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएको बताएका छन्।
काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलबाड गर्न नहुने बताएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार वीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका छन्।
राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए। उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतान्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको बताए।
उनले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए। नवनिर्वाचित राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने उनको प्रतिबद्धता थियो।
उनले भने, “जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि वीपी कोइराला लगायतका नेताहरूले जुन बलिदान गर्नुभयो, जसरी देशलाई नयाँ दिशा देखाउनु भयो। आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो।”
नवनिर्वाचित राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए।
उनी बिहीबार भएको राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
