बालकलाकार आश्विनी मानन्धरको चित्रकथा ‘पिरामिडमा पान्डा’ लोकार्पण गरिएको छ।
काठमाडौँ– बालकलाकार आश्विनी मानन्धरको चित्रकलामा आधारित ‘पिरामिडमा पान्डा’ लोकार्पण गरिएको छ भने शुक्रबारबाटै उनको चित्रकला प्रदर्शनी पनि शुरू भएको छ।
पुस्तकको ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हर्तङखालीसहित, निवर्तमान उपकुलपति केके कर्माचार्य, मूर्तिकला विभागका निवर्तमान विभागीय प्रमुख लालकाजी लामा, बाल वांग्यम तथा अनुसन्धान केन्द्रका प्रमुख प्रमोद प्रधान, कार्टुनिस्ट अविन श्रेष्ठ, मैत्री स्कुलका प्रिन्सिपल ओजेस बज्राचार्यले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

स्वागत मन्तव्यसहित कलाकार आविश्नीले कार्यक्रम शुरू गरेकी थिइन्। कार्टुनिस्ट रवीन्द्र मानन्धरकी सुपुत्री आश्विनी हाल मैत्री स्कुलमा कक्षा ४ मा पढ्छिन्।
कार्यक्रममा मन्तव्य राख्दै प्रतिष्ठानका कुलपति हर्तङखालीले बाल–साहित्यमा आश्विनीको पहिलो कदम सर्वोत्कृष्ट रहेको भन्दै प्रशंसा गरे। उनले आगामी दिनमा पनि कला क्षेत्रमा थप प्रगतिको कामना गरे।

निवर्तमान उपकुलपति केके मानन्धरले बालबालिकालाई सिर्जनात्मक अभ्यासमा लगाउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले हुर्कँदो उमेरसँगै अभिभावकले अझ आफ्ना बालबालिकाको रुचिमा निरन्तर प्रेरणा, प्रोत्साहन दिनुपर्ने उल्लेख गरे।
आश्विनीको सानैदेखि कथा सुन्ने र सुनाउने बानी रहेको पिता तथा कार्टुनिस्ट रवीन्द्र मानन्धरले सुनाए। सोही बानीको निरन्तरताको क्रमले हाल पुस्तक लोकार्पणसम्मको यात्रा तय गरेको उनको भनाइ छ। पिरामिडको गन्तव्य तय गर्न निस्किएको पान्डाको यात्रामा आधारित कथालाई चित्रमा उतारिएको रवीन्द्र बताउँछन्।

पुस्तकलाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो। नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी चित्रकला प्रदर्शनी शनिबार साँझ ५ बजेसम्म चल्ने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
