थ्रीस्टारले नवप्रवेशी एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टारले ३ खेलबाट ४ अंक जोडेको छ।
काठमाडौँ– अजय मार्टिन्सको २ गोलप्रेरित थ्रीस्टार फुटबल क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
च्यासल मैदानमा शुक्रबार सम्पन्न खेलमा थ्रीस्टारले नवप्रवेशी एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो। थ्रीस्टारको जितमा मार्टिन्स निर्णायक रहे।
खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफमा भने थ्रीस्टार २ गोल गर्न सफल भयो। खेलको ५४औँ मिनेटमा मार्टिन्सले थ्रीस्टारलाई अग्रता दिलाए।
८३औँ मिनेटमा दोस्रो गोल गर्दै उनले थ्रीस्टारलाई पहिलो जित दिलाए। थ्रीस्टार पहिलो खेलमा विभागीय टोली एपीएफसँग २-० गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा भने फ्रेन्ड्स क्लबसँग ३-३ गोलको बराबरी खेलेको थियो।
खुमलटारको जारी प्रतियोगितामा यो दोस्रो हार हो। यसअघि खुमलटार नवप्रवेशी चर्च ब्वाइजसँग ३-१ गोल अन्तरले पराजित भएको थियो। त्यसअघि पहिलो खेलमा खुमलटारले फ्रेन्ड्स क्बललाई १-० गोल अन्तरले पराजित गरेको थियो थियो।
जितसँगै थ्रीस्टारले ३ खेलबाट ४ अंक जोडेको छ। पराजित खुमलटारको ३ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
