चन्दले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताएका छन्।
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध मुद्दा दायर गरिएको बताएका छन्।
शुक्रबार चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए।
उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरू तयार रहेको सुनाए। उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रूपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे। उनले सो मुद्दालाई आफूहरूले अस्वीकार गर्ने बताए।
“पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो। त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्योचाहिँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ। त्यसैले हामीले अस्वीकार गरेका छौँ”, उनले भने।
चन्दले दाहालमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरू त्यसको प्रतिरोधमा उत्रेको बताए। उनले माओवादी घटकहरू एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
