उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।

काठमाडौँ– प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

एमाले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको हो।

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।

चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदै छ। 

यसअघि फागुन २५ गते भएको निर्वाचनबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

उनी एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

पौडेलले ३३ हजार ८०२ र प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।