सडक र ढल बनाउने निकायबीच समन्वय हुन नसक्दा यस्तो समस्या भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठकाे भनाइ छ।
काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा रहेका ढक्कनहरूले जोखिम बढाएका छन्।
सडकभन्दा माथि निस्केका यी ढक्कनहरू ढल, खानेपानी र केही तारबारका हुन्। मुख्यतया कोरिडोर र उपत्यकाका भित्री बाटामा प्रशस्त देख्न सकिन्छ।
यी ढक्कनहरू कुन हिसाबले सडकको सतहभन्दा माथि हुन्छन् भन्ने कसैले अनुमान गर्न सक्दैन। सडकमा उठेका ती ढक्कन चालकको चिन्ताको विषय हुने गरेका छन्।

त्यही ढक्कनमा परेर अधिकांश दुर्घटना हुने गरेको गरेको पुतलीसडकमा लामो समयदेखि पुस्तक बेच्दै आएका कपिल न्यौपानेले बताए। चालक र यात्रु दुवैलाई जोखिम हुने गरेको उनको भनाइ छ। सडकको प्रत्येक आधा किलोमिटर यस्ता ढक्कनहरू रहेका छन्।
उपत्यकाभित्रका कोरिडोरको अवस्था झन् दयनीय छ। धोबीखोला, बागमती, मनोहरा, हनुमन्ते र विष्णुमती कोरिडोरको अवस्था सबैको उस्तै उस्तै छन्। यहाँका ढक्कन सडकबाट १५ देखि २० सेन्टिमिटर माथिसम्म उठेको बानेश्वरका अजित खरेलले बताए।

“केही समयअघि ढक्कनमा ठोक्किएर मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थिएँ। त्यो दिनदेखी मलाइ ढक्कनहरूबाट निकै डर लाग्छ,” उनले भने।
सडक र ढल बनाउने निकायबीच समन्वय हुन नसक्दा यस्तो समस्या भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठले बताए।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
