जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेले उजुरी दिएको छ।
काठमाडौँ– नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी (जसपा)का नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ। उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधान र निर्वाचन कानूनविपरीत रहेको भन्दै एमालेले उनको मनोनयन खारेज गर्न माग गर्दै उजुरी दिएको हो।
एमालेका तर्फबाट उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गरेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेशकुमार बर्तौलाले उजुरी दर्ता गराएका हुन्। यादवले शनिबार बानेश्वरस्थित संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका थिए। उपराष्ट्रपति निर्वाचनका लागि सत्तागठबन्धनमा आबद्ध दलहरूबाट यादवसहित जसपाबाटै प्रमीलाकुमारी यादव र जनमत पार्टीका तर्फबाट ममता झासहित तीन जनाको उम्मेदवारी परेको छ।
एमालेले उजुरीमा राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले नगरेको उल्लेख गरेको छ। "राष्ट्रपतिमा खस–आर्य पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खस आर्य समुदायको पुरुष बाहेकको मात्रै उम्मेदवार हुनसक्छ। त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन," उजुरीमा भनिएको छ।
एमालेले यादवको उम्मेदवारीले पुरुषबाहेक महिलाहरू अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा उनको उजुरी खारेज गरिनुपर्ने जनाएको छ।
“नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णय विपरीत तथा विगतको दुवै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी श्री रामसहायप्रसाद यादवको उम्मेदवारी परेकाले पुरुषबाहेक महिलाहरू अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा उल्लेखित संवैधानिक, कानूनी व्यवस्था तथा निर्वाचन आयोगको मिति २०७९/११/२६ को निर्णय र सो आधारमा जारी निर्देशन समेतको विरुद्धमा हुँदा उहाँको उम्मेदवारी खारेज गरी पाऊँ,” उजुरीमा भनिएको छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
