विकट बस्तीसम्म स्वास्थ्य सचेतना पुर्याउन अभियान थालिएको इनरुवा अस्पतालका प्रमुख डा. देवराज घिमिरेले बताए।
सुनसरी– जिल्ला अस्पताल इनरुवाका डाक्टरले स्वास्थ्य सेवा प्रवाहलाई अभियानका रूपमा अघि बढाएका छन्।
डाक्टरको टोलीले गाउँमा पुगेर बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा दिन थालेका हुन्। विकट बस्तीसम्म स्वास्थ्यको पहुँच पुर्याउन अभियान थालिएको अस्पतालका प्रमुख डा. देवराज घिमिरेले बताए।
अभियानअन्तर्गत हरेक हप्ताको शनिबार डाक्टरको टोली गाउँ जाने उनको भनाइ छ। “अभियानले गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्ने छ। दीर्घ रोगीहरूलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गर्नेछौँ,” डा. घिमिरेले भने, “गाउँमा सम्भव नहुनेलाई अस्पताल लैजान्छौँ।”
उपचारका लागि अस्पताल पुग्ने बानीको विकास गर्नेतर्फ अभियान केन्द्रित छ। गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रूपमा अघि बढाएको उनले बताए।
स्वास्थ्य चेतनाको अभावका कारण जिल्लाका ग्रामीण भेगका नागरिकहरू बिरामी हुँदा स्वास्थ्य संस्था पुग्ने दर न्यून छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
