नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको सात महिनामा छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष ५.३ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई तीन लाख १४ हजार ७६७ पुगेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार ७०८ छ। अघिल्लो वर्ष सोही अवधिमा २६५.९ प्रतिशतले बढेको थियो।
यस्तै खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई सात खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
