इजरायली सैन्य बलको आक्रमणबाट वेस्ट ब्यांकमा तीन प्यालेस्टिनी बन्दुकधारीको ज्यान गएको छ।
इजरायली सैन्य बलको आक्रमणबाट वेस्ट ब्यांकमा तीन प्यालेस्टिनी बन्दुकधारीको मृत्यु भएको छ। अर्का एक प्यालेस्टिनी नागरिकलाई इजरायली सेनाले पक्राउ गरेको बताइएको छ। वेस्ट ब्यांक इजरायलको नियन्त्रणमा रहेको प्यालेस्टिनी शहर हो।
तीन बन्दुकधारीले आइतबार इजरायली सैनिकलाई लक्षित गर्दै गोली चलाएपछि प्रत्याक्रमणमा उनीहरूको मृत्यु भएको बताइएको छ। उनीहरू नाब्लुस शहरमा आक्रमणमा परेको प्यालेस्टिनी स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै द गार्डियनले उल्लेख गरेको छ। योसँगै सन् २०२३ शुरू भएयता वेस्ट ब्यांकमा ८० प्यालेस्टिनी र प्यालेस्टिनी आक्रमणमा १४ इजरायली नागरिक मारिएका छन्।
पछिल्लो केही वर्षयता वेस्ट ब्यांकमा हिंसा बढिरहेको बताइएको छ। गत साता मात्रै बेस्ट ब्यांकको जावा क्षेत्रमा इजरायली सेनाले विद्रोहीहरूका घरमा छापा मारेको थियो। जहाँ तीन जना मारिएका थिए।
सन् २०२२ मा मात्रै वेस्ट ब्यांक र पूर्वी जेरुसेलममा इजरायली कारबाहीमा परी १५० जना प्यालेस्टिनीले ज्यान गुमाएका थिए। यहाँ सो वर्ष सन् २००४ यताकै सबैभन्दा बढी हिंसा भएको इजरायली अधिकारवादी समूह बितसेलेमले जनाएको छ। मारिने अधिकांश प्यालेस्टिनी लडाकु समूहमा आबद्ध व्यक्तिहरू रहेको इजरायलले जनाएको छ।
इजरायलले सन् १९६७ मा मध्यपूर्वी युद्धका क्रममा प्यालेस्टाइनका वेस्ट ब्यांक, गाजा स्ट्रिप र पूर्वी जेरुसेलम शहर नियन्त्रणमा लिएको थियो। र, ती भूमि आफ्नो भएको दाबी गर्दै आएको छ। तर प्यालेस्टाइनले ती भूमि इजरायलबाट फिर्ता गरेरै छाड्ने र स्वतन्त्र राज्य बनाउने बताउँदै आएको छ। यही विवाद बल्झिँदा दुई मुलुकबीच हिंसात्मक मुठभेट हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
