'ए' डिभिजन लिगमा मछिन्द्रले मनाङलाई रोक्दै अंक तालिकामा खाता खोलेको छ भने आर्मीले एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
काठमाडौँ– साबिक विजेता मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक 'ए' डिभिजन लिग तालिकामा पहिलो अंक जोडेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मछिन्द्रले मनाङलाई रोक्दै तालिकामा खाता खोलेको हो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोली केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भए। बराबरीसँगै मनाङको तीन खेलबाट ५ अंक भएको छ।
यसअघि मछिन्द्रले जावलाखेल युथ क्लबसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ को पराजय बेहोरेको थियो। मनाङले हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दा संकटा क्लबलाई १–० ले पराजित गरेको थियो।
लिगअन्तर्गत आइतबारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे। च्यासल मैदानमा खेलको १५ औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।
५२औँ मिनेटमा लालनुनजामाले एनआरटीलाई १–१ को बराबरीमा ल्याएको खेलमा ५७ औँ मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो। ६२औँ मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अवस्थामा पुर्याए पनि ६८औँ मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो।
८६औँ मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीको हारलाई टारेका थिए। बराबरीपछि आर्मीको ३ खेलबाट ५ अंक भएको छ। यस्तै, एनआरटीको ३ खेलबाट १ अंक छ।
यसअघि संकटा क्लबसँग गोलरहित बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई २–० ले पराजित गरेको थियो। यसैगरी एनआरटीले सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबसँग समान २–१ को पराजय बेहोरेको थियो।
लिगमा सोमबार पनि २ खेल हुने छन्। च्यासल मैदानमा आयोजना हुने खेल हिमालयन शेर्पा र खुमलटार युथ क्लब तथा दशरथ रंगशालामा हुने खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
