गोदावरीस्थित चिभा लाछिःमा रहेको चैत्यबाट २ वटा मूर्ति चोरी भएका छन्। यसअघि पनि सोही चैत्यबाट एउटा मूर्ति चोरी भएको थियो।
काठमाडौँ- ललितपुर गोदावरी नगरपालिका-११, चापागाउँस्थित चिभा लाछि:मा रहेको चैत्यबाट २ वटा मूर्ति चोरी भएका छन्।
स्थानीय खेम देशारका अनुसार गएराति मूर्तिहरू चोरी भएका हुन्।
त्यही चैत्यको पूर्वतर्फको बुद्धको मूर्ति केही दिनअघि चोरी भएको थियो। यसपटक भने दक्षिण र पश्चिमतर्फको मूर्ति चोरी भएको देशारले बताए।
शिलालेखअनुसार चैत्य नेपाल संवत् ८२५ मा सुदर्शनबाबु भारोले निर्माण गरेका थिए।
लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार, चैत्य स्थापनाकै समयमा मूर्ति पनि स्थापना हुने कारण चैत्यजस्तै चोरी भएका मूर्ति ३०० वर्ष पुराना हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
