‘आरआरआर’ फिल्मको ‘नाटू-नाटू’ गीतलाई अस्कर अवार्ड

आरआरआर फिल्मको नाटू-नाटू गीतले अस्करमा बेस्ट ओरिजनल सङको उपाधि जितेको छ।

निर्देशक एसएस राजामौलीको फ्लिम आरआरआरको ‘नाटू-नाटू’ गीतले अस्कर अवार्ड पाएको छ। 

नाटु-नाटुले बेस्ट ओरिजनल सङका लागि अस्कर पाएको बीबीसीले जनाएको छ। 

योसँगै 'नाटू-नाटू' भारतीय प्रोडक्सनमा बनेको पहिलो अस्कर विजेता गीत बन्न पुगेको छ। 

नाटू-नाटू गीत अस्करको मञ्चमा समेत प्रदर्शन गरिएको थियो। 

अस्करको यो ९५ औँ संस्करण हो।

-एजेन्सी