संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन पनि मतदातालाई अपिल गरिएको छ।
काठमाडौँ- सत्तारूढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्।
गठबन्धनका चार दलबीच देशभरका १६१ निर्वाचनक्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन भएको छ। गठबन्धनले तराईका जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ।
गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ। ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको विज्ञप्तिमा उल्लेख छ।
कतिपय निर्वाचन क्षेत्रमा देखिएको विवाद छलफलबाटै निष्कर्षमा पुग्ने प्रतिवद्धता चार दलका शीर्ष नेताहरूले गरेका छन्। विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन पनि मतदातालाई अपिल गरिएको छ।
साझा उम्मेदवारको सूची
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
