प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले सर्वोच्चमा आफूविरुद्ध रिट दर्ता हुँदा तरंग पैदा भए पनि त्यसले माओवादी धारका दलहरूलाई एकताबद्ध हुन मद्दत पुगेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेका भन्दै सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि एकथरि मानिसहरू गणतन्त्र, समावेशी समानुपातिक मान्यता, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरेका हुन्।
“अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ,” उनले भने, “राष्ट्र र जनताप्रति इमानदार भइरहेसम्म दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरू नै हार्ने छन्।”
प्रधानमन्त्री दाहालले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि गरिएको नकारात्मक क्रियाकलाप र सोच सफल नहुने दाबी गरे। उनले आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भए पनि माओवादी धारका दलहरूलाई एकताबद्ध हुन मद्दत पुगेको बताए।
उनले द्वन्द्वकालीन न्यायसँग सम्बन्धित विषयलाई लिएर सर्वोच्च अदालतमा रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनहरूलाई अघि बढाउनुपर्ने कामका रूपमा लिएको सुनाए। “अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर गएन, त्यसको पक्षमा नै आयो। हामी चिन्तित हुन पर्दैन, तर सतर्क हुनुपर्छ,” उनले भने।
प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन चालू संसद् अधिवेशनमा प्रस्तुत गरी चाँडै पारित गर्ने प्रक्रिया अघि बढाइएको बताए। उनले संघीय शिक्षा ऐन आफ्नो पार्टीका शिक्षामन्त्री हुँदा नै तयारी गरेको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
