निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारस्थित छोरी निसाकुसुमको घरमा सरेकी छन्।
काठमाडौँ– निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट सोमबार अस्थायी निवासमा सरेकी छन्। शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेलगत्तै उनी शीतल निवासबाट बिदा भएकी हुन्।
फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि शीतल निवासमा पदभार ग्रहण गरेका थिए। शपथ ग्रहण समारोहमै राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए। त्यस अवसरमा नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो।
त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारी बालुवाटारस्थित छोरी निसाकिरण भण्डारीको घरमा सरेकी हुन्। बूढानीलकण्ठमा रहेको भण्डारीको निजी निवासको मर्मतको काम नसकिएकाले उनी छोरीको घरमा सरेकी हुन्। छोरीको घरमा सरेलगत्तै उनलाई नेकपा एमालेका महिला सांसदहरू भेट्न पुगेका थिए। भण्डारी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते निर्वाचित भएकी थिइन्।
तस्वीरहरू






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
