स्याटेलाइटमार्फत उत्तरका गतिविधि नियाल्दा उत्तर कोरियाले सातौँ आणविक परीक्षणको तयारी गरेको हुनसक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीको अनुमान छ।
उत्तर कोरियाले शुक्रबार छोटो दूरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैन्य अधिकारीले दाबी गरेका छन्। उत्तर कोरियाली प्रायद्वीपको तोङचोङदेखि पूर्वी काङवोन प्रान्तमा प्रहार गरेको क्षेप्यास्त्रले २४ किलोमिटर उचाइमा पुगेर २३० किलोमिटर टाढा पुगेको दक्षिण कोरियाली संयुक्त सैन्य प्रमुखको भनाइ छ।
उत्तर कोरियाका यस्ता उत्तेजक गतिविधिले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वमा जोखिम पुर्याएको र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणमाथि संयुक्त राष्ट्रसंघको प्रतिबन्धको उल्लंघनसमेत भएको दक्षिणको भनाइ छ। उत्तरका गतिविधिहरू सूक्ष्म रूपमा निगरानी गर्न अमेरिकासँग काम गरिरहेको दक्षिण कोरियाको भनाइ छ।
यता, अमेरिकाले शुक्रबारको क्षेप्यास्त्र परीक्षणबारे आफूलाई जानकारी रहेको बताएको छ। तर, अमेरिकी भूमि, त्यहाँका अधिकारी र उसका समर्थक मुलुकमा तत्कालका लागि कुनै जोखिम नरहेको अमेरिकाको भनाइ छ।
अन्तर्राष्ट्रिय समाचारसंस्था सीएनएनका अनुसार उत्तरको यो परीक्षण सन् २०२२ को २८औँ हो। अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य सकिएको केही सातामै उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको हो।
दक्षिण कोरिया र अमेरिकाले आफ्ना जल, थल र वायु सेनाको बृहत् संयुक्त सैन्य अभ्यास गरेका थिए। यी दुई मुलुकको संयुक्त सैन्य अभ्यासलाई सुरक्षा चुनौतीका रूपमा लिने उत्तरले पछिल्लो समय क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको छ।
यता, उत्तरको हतियार परीक्षणलाई गम्भीर चेतावनीका रूपमा लिँदै सो क्षेत्रका दक्षिण कोरिया र जापानले अमेरिकासँग मिलेर क्षेप्यास्त्र परीक्षण र संयुक्त सैन्य अभ्यासमार्फत चुनौती दिँदै आएका छन्।
आगामी सातासमेत दक्षिण कोरियाले अमेरिकासँग मिलेर बृहत् संयुक्त सैन्य अभ्यासको तयारी गरेको दक्षिण कोरियाली हवाई सैन्य बलले जनाएको छ। स्याटेलाइटमार्फत उत्तरका गतिविधि नियाल्दा उसले सातौँ आणविक परीक्षणको तयारी गरेको हुनसक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीको अनुमान छ। तर, उत्तरले मुलुकको सुरक्षा र अमेरिका र दक्षिणबाट हुनसक्ने सम्भावित आक्रमणका लागि आफूलाई तयार पारेको बताउँदै आएको छ।
उत्तरका गतिविधिले आणविक परीक्षण गर्न सक्ने सम्भावना बढेको राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय परमाणु ऊर्जा केन्द्र आइएइएले जनाएको छ। “उत्तरका गतिविधिलाई नजिकबाट नियाल्दा आणविक परीक्षणको खतरा बढेको छ, हामी यस्तो नहोस् भन्ने चाहन्छौँ, दुर्भाग्यवश संकेतले त्यसको विपरीत हुने देखाइरहेको छ,” आइएइएका प्रमुख राफायल ग्रोसीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
