संखुवासभा, धनकुटा र तेह्रथुममा छायांकन गरिएको भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरूको अभिनयलाई प्रस्तुत गरिएको छ।
काठमाडौँ– नेपाली गीति भिडियो 'टिकुली ट्याक'लाई नयाँ स्वरूप दिएर सार्वजनिक गरिएको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच भिडियो सार्वजनिक भएको हो।
गायक नवीनकिशोर राईको शब्द रहेको गीतको भिडियोमा हरिस निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन्।
कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु)ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिशअनुसार गीत ल्याएको बताए। उनले पुरानो समयमा मायाप्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोहीअनुसारको खोजी गरी भिडियो सम्पादन गरेको उल्लेख गरे। "यो भिडियो संखुवासभा, धनकुटा र तेह्रथुम जिल्लामा रेकर्ड गरेको हो," उनले भने।
त्यस्तै, कलाकार हरिस निरौला (क्रकोच)ले अन्य म्युजिक भिडियोभन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महसुस गरेको बताए। "मेरो अभिनय पनि फरक छ। काठमाडौं बाहिर गएर सुट गर्दा पनि धेरै रमाइलो भयो," उनले भने।
त्यस्तै, कलाकार प्रियना आचार्य (मुन्नी)ले टिमसँग मिलेर राम्रो काम गरेको बताइन्। "धेरै राम्रो टिमसँग काम गर्न पाइयो यो खुशीको कुरा हो। सबै मिलेर इतिहाससम्बन्धी भिडियो बनाएका छौँ," उनले भनिन्।
वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले यो गीतलाई २०२८ सालमा तयार पारेका थिए। गायक राईले आफूले लामो समय हिँडेर गीतहरू खोजी रचना गरेको आफ्नो विगतको अनुभव सुनाए। "आफूले लामो समय हिँडेर गीतहरू खोजेको रचना गरेको हो। धनकुटा, धरान लगायतका धेरै ठाउँहरू हिँडेर मात्रै यी गीतहरू लेखेको हो," उनले भने।
म्युजिक भिडियो संखुवासभा, धनकुटा र तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो। भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरूको अभिनयलाई प्रस्तुत गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
