बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।
तनहुँ– बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ अभियान शुरू गरिएको छ।
बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको हो। सडक छेउमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुंगा बिछ्याउन थालिएको छ।
बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। “यसवर्ष पर्यटन शाखामार्फत २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ,” उनले भने, “बजार झिलिमिली बनाएर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य छ।”
त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले ‘क्यूआरकोड’को व्यवस्था गरिएको छ। मुख्य बजारमा ‘क्यूआरकोड’ राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी पर्यटकीय क्षेत्र बन्दीपुर–३ रामकोटमा ढुंगा बिछ्याउन थालिएको छ। उक्त कार्यका लागि आठ लाख रुपैयाँ बजेट छ।
आगामी वर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुंगा बिछ्याउने योजना रहेको अध्यक्ष थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
