डलरभन्दा युरो महँगो

गत भदौ ८ देखि युरोको तुलनामा अमेरिकी डलर बलियो रहँदै आएकोमा बिहीबार र शुक्रबार युरो बलियो देखिएको हो। 

काठमाडौँ- अमेरिकी डलरभन्दा पुनः युरो महँगो भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकको विनिमय दरअनुसार अमेरिकी एक डलरको खरिददर मूल्य १ सय ३१ रुपैयाँ ६९ पैसा छ भने विक्रीदर मूल्य १ सय ३२ रुपैयाँ २९ पैसा कायम गरिएको छ। 

युरोपियन युरो एकको खरिददर मूल्य १ सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने विक्रीदर १ सय ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ। गत भदौ ८ देखि युरोको तुलनामा अमेरिकी डलर बलियो रहँदै आएकोमा बिहीबार र शुक्रबार युरो बलियो देखिएको हो। 

यसअघि बिहीबार अमेरिकी डलर विक्रीदर मूल्य १ सय ३२ रुपैयाँ ६७ पैसा थियो भने युरो १ सय ३२ रुपैयाँ ९२ पैसा कायम थियो।