प्रदर्शनकारीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।
काठमाडौँ– लघुवित्त र मिटरब्याज पीडितले काठमाडौँमा आन्दोलन गरेका छन्। मंगलबार लघुवित्त वित्तीय संस्थाको विरोधमा माइतीघर मण्डलमा भेला भएर पीडितले विरोध प्रदर्शन गरेका हुन्।
विभिन्न जिल्लाबाट काठमाडौँ आएका पीडितहरूले मंगलबार संयुक्त विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजपीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। उनीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।
लघुवित्त तथा वित्तीय संस्थाहरूले फिर्ता नहुने गरी केन्द्र बचतको नाममा विगत ३० वर्षदेखि जम्मा गरेको प्रतिसदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तले कर्जा प्रवाह गर्दा, २/३ पटक पुनः कर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणीबाहेकका विभिन्न नाममा गरिएको बचतकर्ताहरूको रकम हिसाब गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।
आन्दोलनमा सहभागीले समाजवादी अर्थतन्त्रको विकास गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर लगायतका प्लेकार्ड बोकेका थिए।









Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
