२५५ वटा कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ।
काठमाडौँ– आइतबार र सोमबार उच्च अंकको गिरावट देखिएको पुँजी बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८५ अंकले बढेर १९५३.०६ अंकमा कायम भएको छ।
२५५ वटा कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ।
बैंकिङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। बैंकिङ समूह ३.९५, उत्पादन तथा व्यापार समूह २३.३८, लघुवित्त समूह १४.४५, म्युचुअल फन्ड ०.०३ र व्यापार समूह ५०.३७ अंकले घटेको नेप्सेले जनाएको छ।
जीवन बिमा समूहको उपसूचक ४६.६१ अंकले बढेको छ भने विकास बैंक समूह १२.८८ अंकले बढेको छ। त्यस्तै, होटल तथा पर्यटन समूह १९.९५, जलविद्युत् समूह १८.९५, लगानी समूह ०.४४, जीवन बिमा समूह ६.८८ र अन्य समूह ६.२१ अंकले बढेको छ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एशिया ब्यालेन्स फन्डको सेयर मूल्य प्रतिकित्ता ५.६४ प्रतिशतले घटेको छ।
कारोबार रकम र सेयर संख्याका आधारमा एनआईसी एशिया बैंक सबैभन्दा अगाडि देखिएको छ। एनआईसी एशिया बैंकको सबैभन्दा धेरै १० करोड ४८ लाख २४ हजार १२५ बराबरको एक लाख ३६ हजार ७३३ कित्ता सेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
