निर्वाचन आउन २३ दिन बाँकी हुँदा आयोगले कार्यतालिका अनुसार नै निर्वाचनको सबै तयारी भइरहेको र कर्मचारी खटाउने कार्ययोजना पनि बनिसकेको जनाएको छ।
काठमाडौँ– आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले साढे दुई लाख कर्मचारी खटाउने भएको छ।
निर्वाचन आउन २३ दिन बाँकी हुँदा आयोगले तयारी तीव्र बनाएको छ। कार्यतालिका अनुसार नै निर्वाचनको सबै तयारी भइरहेको र कर्मचारी खटाउने कार्ययोजना पनि बनिसकेको आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
“हामीले कार्यतालिका अनुसार नै अहिलेसम्मको लक्ष्य पूरा गरेका छौँ। बाँकी रहेका काम पनि कार्यतालिका अनुसार अघि बढिरहेको छ,” उनले भने। आगामी दिनका लागि सामान ढुवानी, आचारसंहिता पालना, जिल्ला–जिल्लामा मतदान अधिकृत, सहायक कर्मचारीको नियुक्ति गर्ने तथा तालिम दिने र जिल्लामा पठाउने काम बाँकी रहेको उनले बताए।
पौडेलका अनुसार आयोगले यसअघि नै प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। प्रत्येक जिल्लामा नियुक्त गरिने मतदान अधिकृत र सहायक कर्मचारी नियुक्त गर्न बाँकी छ। छिट्टै उनीहरूलाई पनि नियुक्त गरेर तालिम दिइने र त्यसपछि सम्बन्धित क्षेत्रतर्फ पठाउने आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
